राजविराज(सप्तरी)- राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाअर्चना गरेका छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेकाे मन्दिरमा राष्ट्रपति पाैडेलले पूजा गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपति पाैडेललाई मन्दिरमा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए।
उक्त अवसरमा गाउपालिका अध्यक्ष विद्यानन्द चाैधरीले राष्ट्रपति पाैडेललाई मायाको चिनाे प्रदान गरे।
मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराइ- मधेशको प्राचीन र ऐतिहासिक शक्तिपीठ भएको बताएका थिए।
काेशी-कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न ज़रूरी रहेको उल्लेख गर्दै उनले भने, ‘सप्तरी मेरो मुटुमा छ। यो जिल्लाको हरेक कुरामा म साथमा छु।’


