काठमाडौँ- कागबेनी मन्दिरलाई प्रभु बैंकले क्युआर स्ट्यान्ड उपलब्ध गराएको छ। मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–०४, कागबेनीस्थित ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति’लाई क्युआर स्ट्यान्ड उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ।
मन्दिमा नगदरहित कारोबारलाई प्रश्रय गर्नका क्युआर स्ट्यान्ड प्रदान गरिएको बैंकको भनाइ छ।
सोह्रश्राद्ध तथा औँसीतिथिमा दिवंगत पितृको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट हजारौँ भक्त कागबेनी पुग्ने गरेका छन्। उनीहरूको सहजताका लागि स्ट्यान्ड प्रदान गरिएको बैंकको भनाइ छ।
हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा शाखा कार्यालय मार्फत बैंकले सेवा दिँदै आएको छ।
प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरबाट करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।


