सुर्खेत- कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
कँडेलले एमाले–माओवादी र नेकपा एकीकृत समाजवादीसहित २३ सांसदको समर्थन आफूलाई रहेको भन्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका हुन्।
मंगलबार बेलुका प्रदेश प्रमुख तिलक परियारसँग भेट गरी उनले दाबी पेस गरेका हुन्।
कर्णाली प्रदेशसभामा नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एकसहित २३ सांसदको हस्ताक्षर कँडेलले बुझाएका छन्।
४० सदस्यी प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन चाहिन्छ।


