काठमाडौँ- सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २७औं वार्षिक साधारणसभाले ५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ। मनोहर दास मूलको अध्यक्षतामा काठमाडौंमा सम्पन्न सभाले यस्तो प्रस्ताव पारित गरेको हो।
नगद लाभांशमा ५ प्रतिशत वितरण गर्दा सलिकोको १३ करोड ११ लाख ३१ हजार ९१० रुपैयाँ खर्च हुनेछ। सभाले सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९/८० पनि पारित गरेको छ।
लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा हिसाब तथा नगद प्रवाह विवरण र अनुसूचीसमेत पारित गरेको छ।
सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले चैत्र १३ गते बुक क्लोज गरिसकेको थियो। जसअनुसार चैत्र १२ गतेसम्म कायम सेयरधनी साभामा भाग लिएका थिए।


