विराटनगर- कोशीका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन प्रदेश प्रमुखले आह्वान गरेको जानकारी दिए।
चैत २६ गते एमाले र माओवादी सांसदले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन आह्वान गर्न निवेदन गरेपछि मुख्यमन्त्री केदार कार्कीले ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए।
नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले विशेष अधिवेशन माग गरेका थिए।
खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार अधिवेशन आह्वान गरेको जानकारी दिए।



