काठमाडौँ- चौधरी ग्रुप अन्तर्गत सीजी ईलेक्ट्रोनिक्सका डिलरलाई थाइल्यान्ड भ्रमण गराएको छ।
ग्रुपअन्तर्गतका एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका ३३ डिलरलाई भ्रमणमा लगिएको सीजीले जानकारी दिएको छ।
ग्रुपले ५ दिन ६ रातको लागि ३३ डिलरका प्रतिनिधिलाई थाइल्यान्ड घुमाएको थियो।
वर्षमा उत्कृष्ट व्यापार गरेका डिलहरुलाई थाइल्यान्ड कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बुद्ध टेम्पल र बैंककका क्रुज डिनर, सफारी वल्ड, वोपन जु जस्ता आकर्षक स्थानहरुमा भ्रमण गराएको हो।
सीजी ईलेक्ट्रोनिक्स सहभागी सम्पूर्ण डिलरहरुलाई खाना बस्नलगायत यातायातको पनि व्यवस्था गरेको थियो।
सीजीले वर्षैपिच्छे उत्कृष्ट डिलरहलाई विदेश भ्रमणको अवसर प्रदान गर्दै आइरहेको छ।


