काठमाडौँ- नेसनल लाईफ इन्स्योरेन्सबाट ३ महिनामै ३ जना अभिकर्ता एमडीआरटीमा छनौट हुन सफल भएका छन्।
कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशिकला तामाङ, नेत्रबहादुर राउत र विमल न्यौपानेले पछिल्लो तीन महिनामा नै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउन्ड टेबल-२०२५ मा छनौट हुन सफल भएका हुन्।
एमडीआरटी–२०२५ को लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
एमडीआरटी – २०२५ को लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिना भित्र सीओटी (कोर्ट अफ द टेबल) र टिओटी (टप अफ द टेबल) को लक्ष्य समेत पुरा गर्ने गरी बीमा व्यवसायलाई अगाडि बढाउने धारणा व्यक्त गरेका थिए।
एमडीआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको छ।


