काठमाडौँ- नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ।
महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते बस्नेछ। उक्त बैठक ललितपुरको गोदावारीस्थित सनराइज हलमा बस्ने बताइएको छ।
बैठकमा नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने एमालेले जनाएको छ।


