काठमाडौं – ओपनर मोहम्मद वासिमले १६० र वृत्या अरविन्दले १७४ रन बनाएपछि काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा युएईले सिंगापुरलाई ४७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
युएईले विशाल लक्ष्य प्रदान गर्दा तीन खेलाडीले निकै सानदार प्रदर्शन गरे। ओपनर आर्यन लाक्रा सुरुमै आउट भएपछि मैदान छिरेका वृत्यले वासिमसँग मिलेर २४६ रनको साझेदारी गरेका थिए। त्यसपछि २८ औं ओभरको पाँचौ बलमा वासिम १६० रनको शतकीय पारी खेलेर आउट भएका थिए। वासिम आउट हुँदै युएई ३०० रनको नजिक पुगेको थियो।
वृत्याले सात नम्बरमा मैदान छिरेका आयान खानसँग पनि १५१ रनको ठूलो साझेदारी गरे। त्यसक्रममा वृत्या ४७ ओभर तीन बलमा १७४ रन बनाउँदै आउट भए। त्यो समयमा युएईले ४५४ रन बनाइसकेको थियो। अर्को ओभरमा आयान खान पनि आउट भए।
अन्तिम तीन ओभरमा भने युएईले ११ रन मात्र बनाउन सक्यो। धेरै रन खर्चिए पनि अद्वैत भार्गवाले चार विकेट गिराएका थिए।


