काठमाडौँ– रोमानियाको स्मिथ एन्ड स्मिथमार्फत रेमिट्यान्स पठाउँदा एक लाख रुपैयाँसम्म जित्न सकिने भएको छ।
बैंक खाता, ईसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तैपिछे १० हजार र बम्परमा एकजनाले एक लाख रुपैयाँ जित्न सक्नेछन्।
यो अफर यही अप्रिल १३ देखि आउँदो जुलाई १५ सम्म लागु हुनेछ।
ईसेवा मनी ट्रान्सफरका ग्राहकलाई सहज सेवा प्रदान गर्न प्रतिबद्धता र विदेशबाट जुनसुकै मध्यमबाट पैसा पठाउन सकिने हुँदा सहज सुविधाको निश्चित पनि गरेको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले ईसेवा मनी ट्रान्सफरले स्मिथ एन्ड स्मिथको साझेदारीमा अफर सञ्चालन गरेको बताए।
यो अफरअन्तर्गत रोमानियामा रहेका नेपालीले ईसेवा मनी ट्रान्सफरमार्फत सहज रूपमा नेपाल पैसा पठाई फाइदा लिन सक्ने उनको भनाइ छ।


