२०८३ कार्तिक २४ गते सोमबार

बागलुङका ४ स्थानीय तहमा अन्तरपालिका नगर बस सञ्चालन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३
bus sewa

ढोरपाटन (बागलुङ)- पश्चिम बागलुङका ४ पालिकाले संयुक्त रूपमा नगर बस सञ्चालन गर्ने भएका छन्। जिल्लाको गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले नगर बस सञ्चालन गर्ने भएका हुन्।

गलकोट नगरपालिकाको घोडाबाँधेदेखि निसीखोला गाउँपालिकाको पातिहाल्नेसम्म अन्तरपालिका साझेदारीमा नगर बस सञ्चालन गरिने बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।

नागरिकको सहजताको लागि करिब ६५ किलोमिटर मध्यपहाडी लोकमार्ग क्षेत्रमा नगर बस सञ्चालन गर्ने गरी तयारी गरेको अध्यक्ष थापाले बताइन्। आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने गरी पहिलो चरणमा २ वटा बस खदिर गरेर सञ्चालन गरिने उनको भनाइ छ।

‘चार वटा पालिकाका जनप्रतिनिधि बसेर छलफल गरी सकेका छौँ, अब छिट्टै बसको लागत स्टिमेट तयार गरी खरिद प्रक्रियामा अगाडि बढ्ने छौँ, चार वटै पालिकाको निर्णयअनुसार नै नगर बस सञ्चालन गरिने भएको हो, पहिलो चरणको छलफल गरेर एउटा निचोड निकाल्ने गरि तयारी थालेका छौँ, सबै पालिकाका जनप्रतिनिधि सकारात्मक हुनु भएको छ’ अध्यक्ष थापाले भनिन्।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले अन्तरपालिका नगर बस सञ्चालन गर्नका लागि १ महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन तयार गर्न ५ सदस्यीय कार्यदल गठन गरेको बताए। कार्यदलको प्रतिवेदनअनुसार नगर बस सञ्चालनको कामलाई अगाडि बढाइने प्रमुख गरैको भनाइ छ। नगर बस सञ्चालनमा आए सार्वजनिक सवारी साधानको भन्दा भाडा दर कम हुने र नागरिकलाई सहज हुने प्रमुख गैरे बताए।

बस सेवा सञ्चालनमा आए विद्यार्थी, ज्येष्ठ नागरिक, कर्मचारीलाई विशेष छुटको व्यवस्था हुने बताइएको छ। नगर बस सञ्चालन बागलुङमा पहिलो पटक हुने भएको हो। नगर बस सेवाले बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमानादेखि घोडाबाँधेसम्मका नागरिकले सेवा लिन पाउने छन्।

प्रकाशित: २०८१ बैशाख ३ गते सोमबार ०६:३१
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

सिड्नी, (अस्ट्रेलिया)। अस्ट्रेलियामा आप्रवासन नीतिलाई लिएर बहस चर्किरहेका बेला आइतबार, सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ। ‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजित प्रदर्शनमा...

लक्ष्मीपूजाका दिन बिजुलीको माग १८१३ मेगावाट, ५८७ मेगावाट भारत निर्यात

काठमाडौं। लक्ष्मीपूजाका दिन मुलुकमा बिजुलीको माग १ हजार ८१३ मेगावाट पुगेको छ। आइतबार साँझ सवा ६ बजे बिजुलीको उक्त माग रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आन्तरिक विद्युत् माग...

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना