काठमाडौँ- न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान गरिएको छ।
काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो।
२०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको थियो।
पत्नी आरती गिरी रावलले हालेको वैवाहिक बलात्कार मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
२०७९ चैत २८ मा पक्राउ परेका उनी पछि अदालतको आदेशले रिहा भएका थिए।
कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी उनीमाथि परेको थियो।


