काठमाडौँ– सुजल फुड्स प्रालिले चोकोफन जोय बजारमा ल्याएको छ। नेपालकै पहिलो स्क्वायर मौल्डेड उत्पादन चोकोपन जोयमा न्यूनतम मूल्य राखेर ल्याइएको कम्पनीको दाबी छ।
विदेशी चकलेटको निर्भरतालाई तोडेर नेपाली उत्पादनबाट नै अन्तर्राष्ट्रियस्तरको चकलेटको मज्जा लिन सकिने कम्पनीले बताएको छ।
गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको चोकोफन जोयको डिजाइन आकर्षक र प्रिमियम छ। उत्कृष्ट र आकर्षक प्याकेजिङका साथ आउने चोकोपन जोय जार र बक्स दुवैमा उपलब्ध छ।
चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ। ८ ग्रामको माउथ फुलसाइजको प्रतिपिस चोकोफन जोय १० रुपैयाँमा उपभोक्ताले पाउनेछन्।
सुजलले विगत ५० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ।
कम्पनीका चोकोफन, क्रेभ, रसिलो, फ्रेशो, क्याण्डीम्यान र फ्रेसडेन्टले वर्षौंदेखि नेपाली बजारमा उलपलब्ध छन्।


