काठमाडौं- लागू औषध मुद्दामा दोषी ठहर भई पक्राउ परेका अखिल नेपाल फुटबल संघ(एन्फा) उपाध्यक्ष दावा लामा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई रिहा गरिदिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पक्राउ गरेको थियो।
लामालाई ५ वर्ष कैद सजाय भएपनि ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।
लामाले आफूसँग स्टे अर्डर देखाएर पछि काठमाडौँ जिल्ला अदालतले रिहा गरेको थियो।
लामाले सर्वोच्च अदालतमा पुनरावेदन गरेको र स्टे अर्डर पनि लिएकाले अदालतले छाड्न भनेको प्रहरीको भनाइ छ।


