काठमाडौँ- नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायालाई शपथ दिलाएका हुन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा विहिबार भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
राया एमाले निकट मानिन्छन्।


