काठमाडौँ- गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको दाबी गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन्।
सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका थिए। पछि लामिछाने पनि मिसिन पुगेका थिए।
भेटमा सामान्य छलफल भएको रविको भनाइ छ।
प्रदेशमा आफूहरूको सहभागिता नरहेकोले आफ्नो चासोको विषय नभएको उनले बताए।
सुदूरपश्चिमको विषय पनि मिलिसकेकाले गठबन्धनका विवाद निरुपण भएको उनको जिकिर थियो।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको विषयमा कुनै छलफल नभएको उनको जिकिर छ।


