काठमाडौँ- निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन सम्बन्धमा विभिन्न दलहरूलाई स्पष्टीकरण सोधेको छ।
आयोगले यसपालिको लेखापरीक्षण नबुझाउने, समयमा नबुझाउने र समयमा बुझाएर पनि सार्वजनिक नगर्ने विभिन्न दलहरूलाई स्पष्टीकरण सोधेको हो।
आयोगले आर्थिक वर्ष २०७९/०८० मा १५ दलले लेखापरीक्षण प्रतिवेदन नबुझाएको जानकारी दिएको हो।
त्यस्तै समय ब्यतित भएपछि पेस गर्ने १३ दलहरूलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।
लगातार तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने तीन दल छन्।
०७९/०८० को लेखापरीक्षण समयभित्र बुझाउने तर सार्वजनिक नगर्ने २० दल छन्।
आयोगको सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।


