काठमाडौँ- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी १७औं वर्षमा प्रवेश गरेको छ।
सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सलाई गाभिएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६औँ बसन्त पार गरेको हो।
वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको सफलताको यात्रामा साथ दिने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, सञ्चालक, नियमनकारी, व्यवसायीक साझेदार, सञ्चारकर्मी लगायत शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गरेका छन्।
अध्यक्ष भट्टराईले परिष्कृत बीमालेख, आधुनिक सूचना प्रविधि र ग्राहक मैत्री सेवाको साथमा आगामी दिनमा अझै गुणस्तरिय सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए।
स्थापनाको १६ वर्ष पुरा गरेको यो कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।
बीमा कोषमा ३२ अर्ब रुपैयाँ, लगानी ३७ अर्ब ५० करोड, नेटवर्थ ७ अर्ब ५६ करोड रहेको छ। यसैगरी ९६ हजार अभिकर्तामार्फत् कम्पनीले हालसम्म २८ लाख बीमालेख जारी गरेको छ। १७८ शाखामार्फत् देशभर जीवन बीमा सेवा प्रदान गरिरहेको छ।


