काठमाडौं – मुलापानी क्रिकेट मैदानमा आज सोमबार नेपालले १० वर्षपछि पहिलो पटक (५० ओभरको खेलमा) साउदी अरेबियाको सामना गर्दै गर्दैछ। एसीसी पुरुष प्रिमियर कप क्रिकेटको आफ्नो तेस्रो खेलमा जित निकाल्दै सेमीफाइनल पुग्ने लक्ष्यका साथ आज नेपालले साउदीविरुद्ध भिड्न लागेको हो।
आज साउदीविरुद्ध नेपाल फेरि जितको कथा लेख्न चहान्छ। १० वर्षअघि ५० ओभरको को खेलमा पनि नेपालले साउदीलाई हराएको थियो।
उपाधि जितेर एसिया कपमा पुथ्ने लक्ष्य राखेको नेपालले आज जित निकालेर एक खेल अगावै सेमिफाइनलमा स्थाने योजना बनाएको छ।
यता भर्खरै क्रिकेटमा देखिएको साउदी पनि घरेलु टिमलाई हराएर सेमिफाइनल सम्भावना कायम राख्ने योजना देखिन्छ। कमसेकम सायदीका प्रशिक्षकले यसै भनेका छन्।
प्रतियोगितामा नेपालले यसअघि नै दुई खेलबाट चार अंक जोडिसकेको छ।


