काठमाडौं – मूलपानीको माथिल्लो क्रिकेट मैदानमा आज नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको छ। तर खेल तालिका अनुसार साढे ९ बजे टस हुनुपर्नेमा १० मिनेट ढिलो हुँदासम्म पनि टस हुन सकेको छैन्।
मैदानमा सामान्य वर्षा सुरु भएपछि मैदान पनि चिसो भएको छ भने पिच वरपर पालले ढाकिएको छ। एसीसी प्रिमियर कपबाट मुलपानी मैदानमा ५० ओभरका अन्तर्राष्ट्रिय क्रिकेट खेल सुरु भएको छ।
त्यस्तै, यो मैदानमा नेपालले आज पहिलो पटक अन्तर्राष्ट्रि खेल खेल्न लागेको हो। तर वर्षाको कारण टस हुन सकेको छैन्।


