काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भिडियो मार्फत केवाईसी फारम भर्न सकिने सुविधा ल्याएको छ।
ग्राहकहरूको सुविधाका लागि घरमा नै बसेर केवाईसी फारम भर्न सकिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको हो।
विदेशमा बसोबास गर्नेहरूको बीमा गर्दा ई-एप्लिकेसन डक्लारेसन फारमसहित आवश्यक सबै विवरण अभिकर्ता पोर्टल (एजेन्ट पोर्टल) मार्फत प्राप्त हुन्छ।
प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल (एजेन्ट पोर्टल) मार्फत पेस गरेपछि ई-एप्लिकेसन डिक्लारेसन फारममा आवश्यक विवरणहरु भरी स्क्यान गरी अपलोड गर्नुपर्नेछ। प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसी सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्ने इन्स्योरेन्सको भनाइ छ।
‘भिडियो केवाईसीको सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा गर्दछौं,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।



