काठमाडौँ- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ।
कांग्रेस नेता तथा पूर्वसांसदसमेत रहेका आमलाई बिहीबार रौतहट जिल्ला अदालतले २० वर्ष कैद(जन्मकैद) सजाय हुने फैसला गरेको हो।
न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो।
२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साविक गाविसको राजपुर फरहदवा-४ मा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो।
विस्फोटमा स्थानीय पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। तर आलमले घाइते अवस्थामै रहेका उनीहरूलाई इटाभट्टामा जिउँदै जलाएको अभियोगपत्रमा उल्लेख थियो।


