एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५औं अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना भएको कार्यक्रममा विभिन्न १७ देशका ३०० जना बढिको उपस्थिति रहेको छ । आज मंगलबार संचार तथा सूचना प्रविधि मन्त्रि रेखा शर्माले कार्यक्रमको उद्घाटन गरिकी छन।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रि शर्माले राज्यको मात्र हैन प्रविधिमा कामगर्ने संघ संस्था, बिश्वबिद्यालय तथा विज्ञहरुले समेत प्रविधिलाई गुणस्तर बनाउने र सर्वसाधारणको पहुँचमा पुर्याउने कुरालाई प्राथमिकतामा राख्ने तथा लगानी बढाउनु बताइन। प्रविधिको विकाससँगै डिजिटल डिभाइड पनि बढ्दै गएको बताउदै मन्त्रि शर्माले डिजिटल डिभाइडको खाडललाई कम गर्ने काम गर्नुपर्ने बताइएकी छन्।
डिजिटल नेपाल फ्रेमवर्कको अतिरिक्त,आईसीटी क्षेत्रमा अनुसन्धानको महत्त्वलाई पनि जोड दिन दिएको बताउदै अनुसन्धान आविष्कार र विकासको मेरुदण्ड रहेको मन्त्रि शर्माको भनाई थियो । उनले भनिन ,’हाम्रो सही नीति, रणनीति र लगानीले नेपाल आविष्कारको हब र आईसीटी क्षेत्रमा अग्रणी बन्न सक्नेछ।’
यसैगरी शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिब डा. प्रमिलादेबी बज्राचार्यले नेपालमा बिज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धानको लागि पहल गरिरहेको बताउदै यस्ता कार्यक्रम मार्फत सरकारले अन्तरास्ट्रिय बिज्ञहरुसँग सहकार्य गर्ने अवसर प्राप्त हुने बताइन ।
कार्यक्रममा एपानका अध्यक्ष जीलोङ वांङले नेपालले पहिलो पटक गरेको कार्यक्रमको प्रसंशा गर्दै नेपाल सरकारसँगको सहकार्यले बैज्ञानिक अनुसन्धान र अन्तरास्ट्रिय समुदाय बीचको सहकार्यलाइ थप सबल हुने धारणा व्यक्त गरे।
कार्यक्रममा जलबायु परिवर्तन बिज्ञ डा.अरुणभक्त श्रेष्ठ र हिमाल आरोही पुर्णिमा श्रेष्ठले कि-नोट प्रस्तुत गरेका थिए। उनीहरुले जलबायु परिवर्तनको नकारात्मक प्रभावहरुलाई कम गर्न सूचना तथा संचार प्रविधि क्षेत्रका बिज्ञहरुले पुर्याउन सक्ने भूमिकाका बारे चर्चा गरेका थिए।
चैत्र ३ गतेसम्म संचालन हुने सम्मेलनमा सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनीकिकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्रित रहि सहभागीहरु विच बृहत छलफल हुने बताइएको छ।
२५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधि सँग सम्वन्धीत संस्थाहरुवाट १५० गरि ३५० भन्दा बढि प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थिति र २०० भन्दा वढि व्यतिहरु अनलाइनका माध्यमवाट पाँच दिन सम्म सहभागी हुनेछन् ।
नेपालमा पहिलोपटक हुन लागेको यस एपान सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि वढाएको डिजीटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पुर्याउने देखिन्छ ।यस अन्तराष्ट्रिय सम्मेलनको आयोजनको लागि विभिन्न संघ संस्थाहरुको सहयोग रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सँग यस सम्मेलन आयोजनाको सहकार्य भएको छ । नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, लगायतका संस्थाहरुले सम्मेलनको लागि सहयोग गरेका छन् । सम्मेलनको लागि आवश्यक इन्टरनेट व्याण्डवीथ वर्ल्डलिंक र सुबिसुले उपलव्ध गराउने भएका छन्।


