काठमाडौँ– एभरेस्ट बैंक लिमिटेडले कपिलवस्तुको मायादेवी गाउँपालिका-१ पकडीमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ।
बैंकले तौलिहवा शाखा कार्यालयको मातहत रहने गरी चौथो एक्स्टेन्सन काउन्टर स्थापना गरेको हो।
उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लब प्रसाद कुइँकेलले संयुक्त रुपमा गरे।
सर्वसाधारणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि निम्नानुसारको शुभारम्भ अफरहरु पाउने बैंकले जनाएको छ।


