काठमाडौँ- एभरेस्ट बैंक लिमिटेडको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ।
वीरगञ्ज महागनरको वडा नम्बर ४ आदर्शनगर नव निर्मित भवनबाट बैंकले सेवा सुरु गरेको हो।
आइतबार नवनिर्मित कार्यालयमा आयोजित कार्यक्रममा वीरगञ्ज चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्यलगायत वीरगञ्ज क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थितिमा बैंकले सेवा सुरु गरेको हो।
कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उप्रेतीले बैंकको आफ्नै भवनबाट ग्राहक गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदारी रहेको बैंकले देशभर करिब १४ लाख ग्राहकलाई सेवा दिँदै आएको दाबी गरेको छ। १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालय, १६४ एटीएमबाट बैंकले सेवा दिँदै आएको छ।
बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रमा समेत सेवा विस्तार गरेको छ।


