काठमाडौँ- नेपाली कांग्रेसले संसद बैठकमा गृहमन्त्री रवि लामिछानेसहितका शीर्ष नेतालाई बोल्ने दिने भएको छ।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
संसदको बजेट अधिवेशन आज सुरु हुने भएकाले सबै दलका शीर्ष नेतालाई बोल्न दिने तयारी छ।
कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले शीर्ष नेतालाई संसदमा बोल्न दिने पार्टीले निर्णय गरेको जानकारी दिए।
लामिछानेबारे उठेका विषय सम्बोधन गर्न संसदीय छानबिन समिति नभएसम्म बैठक अवरुद्ध गर्ने पार्टीले निर्णय लिएको उनले बताए।


