२०८३ कार्तिक २४ गते सोमबार

विपत पूर्वसूचना प्रणालीमा लगानी बढाउन माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३१
jkdsg

काठमाडौँ- सरोकारवालाहरुले बाढी, पहिरो, डुबानलगायत मनसुनजन्य घटनाबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले सोमबार गरेको मनसुन अवधिमा वर्षाको आङ्कलन सार्वजनिक कार्यक्रममा सरोकारवालाहरुले पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेको औंल्याए।

जलस्रोत तथा सिंचाइ सचिव सरिता दुवाडीले ८० प्रतिशत पानी मनसुन अवधिमा पर्ने जनाउँदै मौसम पूर्वानुमान प्रणालीलाई भरपर्दो बनाउनुपर्नेमा जोड दिइन्। उनले पूर्वसूचना प्रणालीलाई अझै बढी व्यवस्थित बनाउन संस्थागत सुधारको आवश्यकता रहेको बताइन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका (ऊर्जा) सचिव सुशीलचन्द्र तिवारीले क्षमता विकास र प्रविधि विकास गर्दै पूर्वसूचना प्रणालीलाई अझै बढी व्यवस्थित र भरपर्दो बनाउनुपर्ने सुझाव दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सुरजकुमार वैद्यले पनि जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अझै प्रभावकारी रुपमा प्रवाह गर्न जरुरी रहेको बताए। विभागलाई आवश्यक पर्ने जनशक्ति अभाव रहेको भन्दै जनशक्ति र संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ छ।

यसैगरी जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले मनसुनजन्य घटनाबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न व्यापक रुपमा पूर्वतयारी गर्न आवश्यक रहेकोसमेत जानकारी दिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पनि विपद्जन्य घटनाको प्रतिकार्यका लागि पूर्वतयारी तथा पूर्वसूचना प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको जानकारी दिए।

‘यसका लागि बलियो संयन्त्र जरुरी छ। साथै आवश्यक बजेट व्यवस्थापन गर्दै यस क्षेत्रमा लगानी बढाउन जरुरी छ’, उनले भने।

विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले पनि पूर्वसूचना प्रणालीमा लगानी बढाउन सकेमा अझै बढी भरपर्दो र विश्वासनीय पूर्वसूचना प्रवाह गर्न सकिने बताए।

विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। विभागले आगामी मनसुनी अवस्थाको पूर्वानुमान गर्दै यो मनसुनमा वर्षा सरदरभन्दा बढी र तापक्रम पनि सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ। यसले विपतजन्य घटना बढ्न सक्ने जनाउँदै सतर्कता अपनाउन आह्वान गरेको छ।

प्रकाशित: २०८१ बैशाख ३१ गते सोमबार ०८:३०
प्रतिक्रिया

थप समाचार

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना