रूपन्देही- पाल्पामा बलेरो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ।
नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटना हुँदा पाल्पा निस्दी ४ का राजिव सुनारीको मृत्यु भएको हो। दुर्घटनामा १४ जना घाइते भएकोमा अर्को एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको नवलपुरको मध्यबिन्दुका अस्पतालहरुमा उपचार भइरहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
बुधबार साँझ घटना भएको स्थानीयले बताएका छन्।


