२०८३ कार्तिक १२ गते बुधबार

फाइनल पुग्न नेपाल र कुवेत भिड्दै

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १६
nepal cricket1
फाइल तस्बिर

काठमाडौं- एसीसी प्रिमियर कप सुरु हुनुअघि नेपालसँगै, युएई, ओमन र हङकङ सेमिफाइनलमा पुग्ने अपेक्षा धेरैको थियो। तर एक खेलको नतिजाले यो अवस्थामा केही फरक भयो। त्यसैले शनिबार कुवेतले नेपालसँग सेमिफाइनल खेल्ने तय भएको छ।

बिहीबार मूलपानी मैदानमा सम्पन्न खेलमा कुवेतले प्रतियोगिताको उपाधि दावेदार हङकङलाई हराएपछि कुवेत सेमीफाइनल पुगेको हो। यसअघि कमजोर आकलन गरिएको टिमले अब आफू कमजोर छैन भनेर प्रमाणित गरिरहेको छ।

शनिबार दिउँसो त्रिवि मैदानमा सुरु हुने खेलमा नेपाल सहज अवस्थामा छैन। त्यसमाथि कुवेतसँग पराजयको इतिहास पनि भएकाले नेपाल दबाबमा छ।

सन् २०१२ को एसीसी एलिट ट्रफीमा नेपालले कुवेतसँग ५० ओभरको खेलमा हार खेपेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर २८० रन बनाएको थियो। जवाफमा कुवेतले ४६ ओभर दुई बलमा ६ विकेट गुमाएर २८५ रन बनाएपछि हार व्यहोरेको हो।

त्यो खेलमा नेपालका कप्तान पारस खड्का थिए। उनले ७७ बलमा १०६ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका थिए। शनिबार ज्ञानेन्द्रबाहेक उक्त खेल खेलेका कुनै खेलाडी नेपाली टिममा छैनन्।

त्यसभन्दा अघि पनि नेपालले कुवेतविरुद्ध खेलिसकेको थियो। ती खेलमा नेपालले दुई जित निकालेको छ। नेपालले सन् २०१० र २००८ को एसीसी एलिट ट्रफी कुवेतलाई हराइसकेको छ। ती खेल नेपालले विनोद दास र पारख खड्काको कप्तानीमा भएका थिए।

नेपालको टिममा सुधार हुँदै आएको छ। सबैभन्दा मुख्य कुरा त नेपालले घरेलु मैदानमा पछिल्लो १३ खेलमा हार व्यहोरेको छैन। त्यसैले पनि नेपाल जितको या लयलाई कायम राख्न चाहन्छ।

यता पछिल्ला वर्षहरुमा नेपालले लिग २ मा एसोसिएटका उत्कृष्ट टिमहरुसँग खेल्ने अवसर पाइसकेको छ। र, यसले पनि नेपाली खेलाडीको प्रदर्शन राम्रो बनाइहेको छ।

तसर्थ पछिल्लो खेलहरुमा जस्तै नेपाल आजको खेलमा पनि जितको साथ अघि बढ्न चाहन्छ। सबैभन्दा मूख्य कुरा त नेपाल यो प्रतियोगित नै जितेर एसिया कपमा भारत पाकिस्तानसँग खेल्न चाहन्छ।

यस्तो छ एसीसी प्रिमियर कपमा नेपालको यात्राः
प्रिमियर कपको समूह चरणको पहिलो खेलमा नै नेपालले मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्यो। त्रिवि मैदानमा मलेसियाले दिएको लक्ष्य ८२ बल बाँकी रहँदै नेपालले पूरा गरेर जित निकालेको थियो।

सो खेलमा मलेसियाले नेपालले २३५ रनको लक्ष्य दिएको थियो। नेपालले भने चार विकेट मात्र गुमाएर लक्ष्य पुरा गरेको हो। त्यसको तीन दिनपछि नेपालले ओमनसँग भिड्ने तय थियो। उक्त खेलमा नेपालले ओमनलाई ८४ रनले हराएयो। ४६ ओभरको तेस्रो बलमा ९ विकेट गुमाएको ओमनका अकिब इलियास घाइते भएर ब्याटिङ गर्न नआएपछि नेपालले सहज जित निकालेको हो।

त्यो खेल नेपालको लागि कीर्तिमानी खेलसमेत रह्यो। नेपालले एक दिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक ३१० रन बनाएको थियो। त्यही खेलमा बलर सन्दीप लामिछानेले पनि सय विकेट पूरा गरेका थिए।

कपको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियाको सामना गर्ने तय थियो। त्यही टिमविरुद्ध नेपालले मुलपानी मैदानमा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्दै थियो। निरन्तर वर्षा भएपछि खेल नै सम्भव भएन। दुवै टिमले १–१ अंक बाँडे र नेपाल ५ अंक बनाएर सेमीफाइनल पुग्यो। पाँच टिम सम्मिलित समूह ए को अन्तिम खेलमा नेपालले कतारसँग सामना गर्ने तय थियो।

त्रिवि मैदानमा भएको यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निकै सानो लक्ष्य प्रदान गरेको थियो। ४० ओभर तीन बलमै आलआउट भएको नेपालले १५७ रन मात्र बनायो। तर बलिङमा सन्दीप लामिछानेले उत्कृष्ट पारीले खेलेपछि कतारलाई ८९ रनमै रोकेर नेपालले ६८ रनको जित निकाल्यो। यससँगै सात अंक बनाएर नेपाल समूह विजेता भएको हो।

समूह ए र बीका सबै खेलमा जित निकाल्ने एकमात्र टिम नेपाल मात्र रह्यो।

प्रकाशित: २०८० बैशाख १६ गते शनिवार ०७:०१
प्रतिक्रिया

थप समाचार

त्रिवि मैदानमा वर्षा, खेल रोकियो

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा वर्षा भएपछि नेपाल र युएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल केही समयको लागि रोकिएको छ। सिमसिम पानी परिरहेको अवस्थामा खेलको १६ ओभर सकिएपछि अम्पायरले खेल रोक्ने...

नेपालले गिरायो यूएईको दोस्रो विकेट

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले लगातार युएईका दुई विकेट लिएको छ। बिहान ९ बजे सुरु भएको खेलमा पहिलो विकेट सोमपाल कामीले लिएका थिए भने दोस्रो विकेट करण...

खेल रद्द भएपछि इमर्जिङ कपमा पुग्यो ओमन

काठमाडौँ- काठमाडौंमा लगातार वर्षा भएपछि एसीसी प्रिमियर कपमा आज तेस्रो स्थानको लागि भइरहेको खेल पनि रद्द भएको छ। त्रिवि क्रिकेट मैदानमा तेस्रो स्थानको लागि कुवेत र ओमनको खेल चलिरहेको समयमा...

वर्षाले प्रभावित भएको खेलमा नेपालले दियो २८१ रनको लक्ष्य

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा नेपालले पाहुना टिम कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ। एसीसी प्रिमियर कपको सेमीफाइनल खेलनेपालले ४२ ओभरमा सीमित भएको खेलमा २८१ रनको लक्ष्य प्रस्तुत गरेको हो। टस...

नेपालको लगातार तेस्रो विकेट गएपछि समर्थक स्तब्ध

काठमाडौं - पहिलो विकेट गुमाएपछि लगातार दुई ओभरमा नै नेपालले दोस्रो र तेस्रो विकेट पनि गुमाएको छ। त्रिवी क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको आजको खेलमा नेपालले लगातार तीन विकेट गुमाएको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना