काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा वर्षा भएपछि नेपाल र युएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल केही समयको लागि रोकिएको छ।
सिमसिम पानी परिरहेको अवस्थामा खेलको १६ ओभर सकिएपछि अम्पायरले खेल रोक्ने निर्णय लिएका हुन्।
अहिलेसम्म युएईले पाँच विकेट गुमाएर ६० रन बनाइसकेको छ।
अहिले मैदान र पिचलाई पालले ढाकिएको छ। आउटफिल्डको केही भाग पनि पालले ढाकिएको छ।
आजको खेल स्थगित भए पनि सोही ओभरबाट अर्को दिन खेल हुनेछ।


