काठमाडौं – पहिलो विकेट गुमाएपछि लगातार दुई ओभरमा नै नेपालले दोस्रो र तेस्रो विकेट पनि गुमाएको छ। त्रिवी क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको आजको खेलमा नेपालले लगातार तीन विकेट गुमाएको हो। नेपालले लगातार विकेट गुमाएपछी त्रिवी क्रिकेट मैदानका समर्थक केही क्षणका लागि स्तब्ध भएका छन्।
पहिलो विकेटका रुपमा ४३ रन बनाएका कुशल भुर्तेल आउट भएका थिए भने दोस्रो विकेटका रुपमा भीम सार्की आउट भए। भीमले चार बलमा एक रन मात्र जोड्न सकेका थिए। उनलाई मोहम्मद असलमले सन्दरुवानको हातबाट क्याचआउट गराएका थिए।
त्यसपछि १३ औं ओभरमा नै नेपालका अर्का ओपनर आशिफ शेख पनि आउट भएका छन्। आसिफले नेपाको लागि ३१ रन बनाएका थिए।
