काठमाडौँ– गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर) बनाउने बैठक निष्कर्षविहीन भएको छ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठक सहमतिमा नपुगी टुंगिएको हो।
कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समग्र सहकारीमा छानबिन गर्नुपर्ने बताए। उनले भने, ‘कुनै एक व्यक्तिलाई आजै दोषी हो भनेर उहीमाथि मात्रै छानबिन हुनु न्यायोचित हुँदैन।’
कांग्रेसका कार्यदल सदस्य जीवन परियारले भने रवि लामिछानेको नाम राख्ने विषयमा विवाद बनेको उनको भनाइ छ।
कार्यादेश टुंगो लगाउन एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वको कार्यदलको बैठक बिहानैदेखि बसेपनि कुनै निष्कर्ष निकाल्न सकेको छैन।


