२०८३ कार्तिक २४ गते सोमबार

कञ्चन क्याम्पसका विद्यार्थीलाई दुनाटपरी बनाउन तालिम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १०
ihfdergh

कञ्चनपुर- कृष्णपुर नगरपालिका–५ गुलरीयामा रहेको कञ्चन बहुमुखी क्याम्पसका विद्यार्थीहरु दुनाटपरी बनाउने कार्यमा निपुण भएका छन्। विद्यार्थीहरुले दुई दिने तालिम लिएर दुनाटपरी बनाउने सीप सिकेका हुन्। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सामुदायिक वन समन्वय समितिले विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम प्रदान गरेको छ।

बुधबार र बिहीबार गरी दुई दिन जीवन उपयोगी शिक्षाका लागि तालिम प्रदान गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए। ‘प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरी वातावरण संरक्षणमा टेवा पु¥याउनका लागि विद्यार्थीलाई सीप सिकाएका छौँ’, उनले भने, ‘तालिममा सहभागी ६० बढी विद्यार्थीले दुनापटरी बनाउने सीप सिकेका छन्।’

तालिमका क्रममा सिकेको सीपलाई व्यवहारमा उतारी आयआर्जन गर्ने योजना रहेको तालिममा सहभागी विद्यार्थी सङ्गीता चौधरीले बर्ताइन्। ‘दुनाटपरीको प्रयोगले वातावरणलाई बिगार्दैन’ उनले भनिन्, ‘वन क्षेत्रमा निःशुल्क रुपमा सालाका पात पाइने गरेका छन, खेर गइरहेका पातहरुको प्रयोग गरी दुनाटपरी निर्माण गरी बिक्री गरेर आएको पैशाले क्याम्पसको खर्च धान्न सकिन्छ, अभिभावकसँग सधैं पकेट मनी, शैक्षिक सामग्री खरिदका लागि पैशा माग्न हात थाप्नु पर्दैन।’

सुदूरपश्चिम प्रदेश सभाका पूर्वसदस्य रहेका जोशी स्थानीयस्तरमै निर्माण हुने दुनाटपरीको बजार प्रवर्द्धनमा जुट्नु भएको छ। ‘दुनाटपरीको प्रयोग सुदूरपश्चिममा वर्षौदेखि हुँदै आएको छ’, उनले भने, ‘यसलाई व्यवसायीकरण गर्न नसक्दा स्थानय बासिन्दाको आयस्तरमाथि उठाउन सकिएको छैन ।” विवाह, ब्रतबन्ध, भोगभतेर, धार्मिक अनुष्ठानलगायत कार्यमा दुनाटपरीको प्रयोग हुँदै आएको छ।’

वन क्षेत्रम खेर जाने र डढेलो लागेर जलेर वर्षेनी नष्ट हुने सालका पातलाई सदुपयोग गरी आयआर्जनको माध्यमबाट जीविका धान्ने साधन बनाउनका लागि कार्य अगाडि बढाइएको पूर्वप्रदेशसभा सदस्य जोशीको भनाइ छ। सामुदायिक वनमा आबद्ध महिला दुनाटपरी बनाउने कार्यमा संलग्न रहेको उल्लेख गर्नुहुँदै उनले विद्यार्थीलाई दुनापटरीको महत्व दर्शाउने कार्यसँगै सीप सिकाएर दक्ष पारिएको बताए।

‘दुनाटपरीको प्रयोगले प्लाष्टिक जस्तो प्रदूषण गर्दैन, कुहेर जान्छ’, उनले भने, ‘बोक्न पनि सजिलो छ, सस्तो छ, वातावरण संरक्षणमा टेवा पुग्छ।’ ‘गाउँमा उत्पादन भएका दुनाटपरीलगायत सामग्री सहर बजारमा पु¥याएर बेच्नका लागि सहर गाउँ जोड्न चाहान्छौंँ, त्यसैले बजारको खोजतलास गर्दै काठमाडौँ, पोखरासम्म दुनाटपरीको महत्व बुझाउँदै पुगेका छौंँ’, उनले भने।

सामुदायिक वनका दुई सय बढी महिलालाई दुनाटपरी उद्योगमा संलग्न गराइ रोजगारी दिने लक्ष्य रहेको उनले बताए।

प्रकाशित: २०८१ जेठ १० गते बिहिबार ०७:२५
प्रतिक्रिया

थप समाचार

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना