काठमाडौँ- सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको मुद्दामा दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटिएका छन्।
इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन्।
पोखरेल भक्तपुरको लोकन्थीस्थित आँखा अस्पताल नजिकै घरमा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।
५७ वर्षीय पोखरेल घरको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
विशेष अदालतले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार जरिवाना र बिगो बराबरको रकम असुल उपर हुने फैसला गरेको थियो। जेठ ८ गते उक्त फैसला आएको थियो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारिबाबु श्रेष्ठले सो फैसला गरेका हुन्।


