काठमाडौँ- भिमसारिया ग्रुपद्वारा सञ्चालित जेनेरेशन नेक्स कम्युनिकेशन प्रा.लि.ले अमेरिकी ब्रान्ड डाइसन नेपालमा भित्र्याउने भएको छ।
जेनेरेशन नेक्स कम्युनिकेशन डाइसनको आधिकारिक बिक्रेता हुनुका साथै एप्पल, डेल, एचपीको पनि आधिकारिक बिक्रेता हो।
अमेरिका तथा युरोपमा ख्याती कमाइसकेको डाइसन ब्रान्डका भ्याकुम, हायरड्याएर, एर पुरिफायर र एयरवाप एयर स्टिलिङहरू छन्।
उत्तम प्रविधि र आधुनिक डिजाइनले डाइसन विश्वमै परिचित नाम हो।
यसका आधुनिक विशेषताले गर्दा यसको प्रयोग सजिलोसँग गर्न सक्ने बताइएको छ । यो प्रोडक्टमा बिक्री पछिको सेवालाई पनि उत्कृष्ट महत्त्व दिइएको छ। डाइसनको नवीनतम् र विशेष विशेषताहरूले गर्दा यो सबैको लोकप्रिय ब्रान्ड भएको छ ।


