काठमाडौँ- ६० किलो सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन्।
तेमाल गाउँपालिकाबासी ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो।
लामाको भूमिका शंकास्पद देखिएपछि अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन ट्याक्सीबाट बरामद गरिएको थियो।


