२०८३ कार्तिक १२ गते बुधबार

वर्षाले प्रभावित भएको खेलमा नेपालले दियो २८१ रनको लक्ष्य

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १६
rohit
फाइल तस्बिर।

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा नेपालले पाहुना टिम कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ। एसीसी प्रिमियर कपको सेमीफाइनल खेलनेपालले ४२ ओभरमा सीमित भएको खेलमा २८१ रनको लक्ष्य प्रस्तुत गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेटको गुमाएर उक्त योगफल तयार गरेको हो। नेपालले धेरैपछि ओपनिङमा राम्रो प्रदर्शन गरेको हो।

यसअघि नेपालले लिग २ कै खेलमा पिएनजीविरुद्ध त्रिवी मैदानमा ५१ रनको ओपनिङ साझेदारी गरेयता सुरुआत राम्रो गर्न सकेको थिएन। त्यसपछि युएई, मलेसिया, ओमन र कतारविरुद्धको खेलमा नेपालले राम्रो सुरुआत दिने गरेको थिएन।

शनिबार सेमीफाइनल खेलमा नेपालका कुशल मल्ल र कप्तान रोहित पौडेलले ७७ रनको साझेदारी गरे। रोहित शतक बनाउनबाट मात्र ६ रनले चुके।

१० ओभर ५ बलमा कुशल भुर्तेल, ११.३ ओभरमा भीम सार्की र १२.२ ओभरमा आसिफ शेख आउट भएका थिए।

एड्नस इड्रेसको बलमा पटेलको हातबाट क्याचआउट हुनुअघि आसिफले ३१ रन बनाइसकेको थिए। आसिफ आउट हुँदा नेपालको खातामा ८० रन मात्र थियो। तर त्यसपछि नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले १०९ को शतकीय साझेदारी गरे। त्यसबीच वर्षा भएपछि दुई घण्टा खेल अवरुद्ध भएको थियो।

खेलको समय घटेपछि आठ ओभर घटाएर बाँकी खेललाई ४२ ओभरको निर्धारण गरिएको थियो। २३ ओभर दुई बलमा रोकिएको खेल १ बजे पुनः सुरु भएको थियो। खेलमा रोहित र कुशल मल्लले अर्धशतक पुरा गरे।

४२ बलमा अर्धशतक बनाएका मल्ल ५७ रन बनाएर आउट भए। उनले खलभर चार चौका र चार छक्का प्रहार गरेका थिए। कतारविरुद्ध ३ रनमै आउट भएका उनले त्यसअघिका खेलमा भने १०८ र अविजित ७० रन बनाएका थिए। उनको आजको प्रदर्शन पनि उत्कृष्ट रह्यो।

रोहितसँगै ३७ रनको साझेदारी गरेको आरिफ शेख १९ बलमा १९ रन बनाएर रन आउट भए। आरिफपछि मैदान छिरेका दिपेन्द्र सिंह ऐरी गोल्डेन डक भएर पेबेलियन फर्किए। ऐरीले पनि पछिल्ला चार खेलमा खास प्रदर्शन गर्न सकेका छैनन्। त्यसपछि उनी जारी प्रिमियर कपमा चाँडै आउट भइरहेका छन्। उनले मलेसियाविरुद्ध अविजित ५ रन बनाएका थिए भने ओमनविरुद्ध ७ र कतारविरुद्ध १२ रनमै आउट भएका थिए।

खेलको ३५ ओभरपछि नेपालको लगातार विकेट गइरह्यो। सन्दीप लामिछाने पनि पाँच रनमै बोल्ड आउट भए। यसरी नेपाल ३६ औं ओभर(पटेलले सम्हालेको)मा दुई र ३७ औं ओभरमा एक विकेट गुम्यो। तर आज १२ ओभरपछि सम्हालिएर खेलेका रोहितले पारीलाई ४१ ओभरसम्म डोहोर्‍याए।

यो खेलमा सतक बनाउन चुकेका रोहितले यसअघिका खेलमा राम्रो ब्याटिङ गरे पनि अर्धशतकमा कन्भर्ट गर्न सकेका थिएनन। तर कुवेतविरुद्ध उनले सुरुआतबाटै आक्रामक खेले। प्रिमियर कपको यसअघिको खेलमा उनले मलेसियाविरुद्ध ४२, ओमनविरुद्ध २३ र कतारविरुद्ध २७ रन बनाएका थिए। आज रोहितले ९४ बलमा सात चौका र तीन छक्काका साथ ९४ रन बनाए। शतकको नजिकै पुगेर उनी असलमको बलमा पटेलको हातबाट क्याचआउट भए।

नेपालविरुद्ध किफायती बलिङ गरेका मोहम्मद असलम र इदरेसले समान तीनतीन विकेट लिए। यासिन पटेल र सयद मोनिबले पनि समान एकएक विकेट लिएका थिए।

प्रकाशित: २०८० बैशाख १६ गते शनिवार ०२:२८
प्रतिक्रिया

थप समाचार

अपराजित थाइल्यान्डलाई हराउँदै पहिलो जितको खोजीमा नेपाल

काठमाडौँ - त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज मंगलबार नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...

तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतसँग इंग्ल्याण्ड फेरि पराजित

काठमाडौँ - तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतले इंग्ल्याइण्डविरुद्ध पाँच खेलको टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पनि जित निकालेको छ। हिजो राति भएको खेलमा भारतले इंग्ल्याण्डलाई २ विकेटले...

भिड्दै भारत र इंग्ल्याण्डबीच दोस्रो खेलः रिंकु आउट, दुवे र रमनदीप समावेश

एजेन्सी - भारत र इंग्ल्याण्डबीचको ५ वटा टी–२० म्याचको सिरिजको दोस्रो खेल आज चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ। यो खेल भारतीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। टस साँझ ६ः३० बजे हुनेछ। सिरिजको...

पाँच वटा पिचसहित क्रिकेट मैदान निर्माण हुँदै

मनहरी (हेटौँडा) - यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार...

१७ वर्षीय आयुषले ११७ बलमा १८१ रन बनाउँदै बनाए विश्व कीर्तिमान

एजेन्सी - मुम्बईका १७ वर्षीय क्रिकेटर आयुष म्हात्रेले मंगलबार नागाल्याण्डविरुद्धको विजय हजारे ट्रफीको खेलमा ११७ बलमा १८१ रनको उत्कृष्ट इनिङ खेल्दै विश्व रेकर्ड बनाएका छन्। उनले लिस्ट ए क्रिकेटमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना