२०८३ कार्तिक २४ गते सोमबार

राज्यले दुग्ध उत्पादन बढाउने नीति लिन आवश्यक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १९
suru

धनुषा- मधेस प्रदेशमा व्यापक मात्रामा पशुपालन गरिए पनि दुग्ध उत्पादन कम भएकाले दुग्ध उत्पादन बढाउने किसिमले राज्यले नीति निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

विश्व दुग्ध दिवसका अवसरमा मधेस प्रदेश दुग्ध विकास बोर्डले आज जनकपुरधाममा गरेको कार्यक्रममा सरोकारवालाहरूले पशुपालन व्यवसाय गर्दा दुग्ध उत्पादन बढाउने गरी अघि बढ्न मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग आग्रह गर्‍यो ।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले दुग्ध उत्पादन, प्रशोधन तथा बजारीकरणमा प्रदेश सरकार अघि बढेको बताए। उनले मानव स्वास्थ्यका लागि दूध अतिआवश्यक भएकाले दूध उत्पादन बढाउने गरी मन्त्रालयले दुग्ध विकास बोर्ड गठन गरेको जानकारी दिए।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख युगलकिशोर तिवारीले दुग्ध उत्पादनले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउने गरेको भन्दै गाउँमा उत्पादन भएको दुग्ध सहरमा आउने र सहरको रकम गाउँमा पुग्ने किसिमको वातावरण निर्माण हुनुपर्नेमा जोड दिए।

मधेस प्रदेश दुग्ध विकास बोर्डका निर्देशक शङ्कर साहले मधेस प्रदेशमा मागभन्दा कम दुग्ध उत्पादन रहेको भन्दै दुग्ध उत्पादन बढाएर किसानको आर्थिक अवस्था मजबुत बनाउन जरुरी रहेको बताए। मधेस प्रदेशमा १२ लाख मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको जानकारी गराए।

औसत रूपमा नेपालमा वार्षिक प्रतिव्यक्ति ८५ लिटर दुग्ध खपत भए पनि मधेस प्रदेशमा प्रतिव्यक्ति ७१ लिटर खपतमात्र रहेको दुग्ध विकास बोर्डका उपाध्यक्ष डा शम्भु साहले जानकारी दिए।

कार्यक्रममा मधेस प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव डा सरोजकुमार चौधरी, दुग्ध विकास संस्थान जनकपुर वितरण आयोजनाका प्रमुख दिनेश जोशीसहितले धारणा राखे।

प्रकाशित: २०८१ जेठ १९ गते शनिवार ०९:०९
प्रतिक्रिया

थप समाचार

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना