मध्यविन्दु (नवलपरासी)- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीका कारण एक जनाको मृत्यु भएको छ।
ढालेको रुख शिरमा बज्रदा ती व्यक्तिको मृत्यु भएको हो।
मृत्यु हुनेमा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापा छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार हुरीले रुख ढालेको थापामाथि बज्रिएको थियो।
वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन्।
थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ।


