२०८३ कार्तिक २२ गते शनिवार

नेपाल मेडिसिटी अस्पताल पुगे स्वास्थ्यमन्त्री यादव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २२
WhatsApp Image 2024-06-04 at 5.05.15 PM (1)

काठमाडौँ- नेपालको पहिलो एनएबिएच सर्टिफाईड तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासम्पन्न अस्पतालको अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले नेपाल मेडिसिटी अस्पताल भ्रमण गरेका छन्।

भ्रमणको क्रममा उनले यस अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा, गुणस्तर सरसफाईका साथसाथै सरकारको स्वास्थ्य कार्यक्रमबारे जानकारी लिएका छन्। उनले अस्पतालको हेलिप्याड, आइसियु, अपरेसन थिएटर, डायलासिस् तथा ग्यास्ट्रो विभागको अवलोकन गरे।

विगत पाँच वर्षदेखि अस्पतालले विपन्न नागरिक औषधि उपचार योजना लागू गर्दै आएको छ। यसबाट झण्डै दुई हजार मानिसहरुले उपचार सेवा प्राप्त गरेका छन्। हालसम्म ३०४ जनाले मुटु सम्बन्धि उपचार तथा शल्यक्रिया गरेका छन् भने, १५४३ जनाले क्यान्सर सम्बन्धि र १४६ जनाले डाइलासिस् सेवा लिएका छन्।

अवलोकनको क्रममा स्वास्थ्य मन्त्री यादवले अस्पतालहरुको वर्गीकरण, मेडिकल टुरिजम तथा अस्पतालमा हुनुपर्ने सेवा सुविधाको विषयमा छलफल गरेका छन्।

हजारौं संख्यामा नेपालीहरु उपचारका लागि विदेशीनुपर्ने बाध्यताको विषय उठान गर्दै नेपाल मेडिसिटीका अध्ययक्ष डा. उपेन्द्र महतोले नेपालका अस्पतालहरुलाई नै अन्तर्राष्ट्रिय स्तरको सेवा सम्पन्न बनाउन सके नेपाल मेडिकल टुरिजमको हब बन्न सक्ने बताए।

भ्रमणकै क्रममा अस्पतालले सहज रुपमा औषधि उपलब्ध हुुनुपर्ने, औषधि निर्यातमा औषधि व्यवस्था विभागका झन्झटिला प्रक्रियालाई सहजिकरण गर्नुपर्ने, क्यान्सर रोगका लागि आवश्यक साइक्लोेट्रोन नेपालमै उत्पादन हुनुपर्ने तथा अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउन विदेशी दक्ष चिकित्सकहरुलाई पनि छोटो समयका लागि नेपालमा काम गर्ने अनुमति दिइनुपर्ने जस्ता विषयमा छलफल गरेको छ।

प्रकाशित: २०८१ जेठ २२ गते मङ्गलबार ०७:४२
प्रतिक्रिया

थप समाचार

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना