२०८३ कार्तिक २४ गते सोमबार

भक्तपुरमा ‘वः महोत्सव’ सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २६
image_123650291 (27)

भक्तपुर- भक्तपुरमा आज आयोजित ‘वः महोत्सव’ सम्पन्न भएको छ। नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिको आयोजना र मध्यपुरथिमि नगरपालिकाको सहकार्यमा आयोजित वः महोत्सव तथा ग्रीन भेजिटेबल एक्स्पो–२०२४ मा उपत्यकाका ख्यातिप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा महिला समूहलगायतका स्टल रहेका समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए।

मध्यपुरथिमिको मध्यभाग अर्थात् वडा नं ७ नगदेशको प्राङ्गणमा महोत्सवको उद्घाटन गर्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले महोत्सवमार्फत मध्यपुरको मात्र नभई भक्तपुरकै पर्यटन प्रवर्द्धन भएको बताए।

महोत्सव अवलोकनपछि प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)का उपाध्यक्ष सुमन पाण्डेले बन्दीपुरको पर्यटनको शैलीमा मध्यपुरथिमिको पर्यटन विकास गर्नुपर्नेमा जोड दिए। महोत्सवमा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरण गरिएको थियो।

महोत्सवमा वःका विभिन्न परिकार राखिएका थिए। अध्यक्ष प्रजापतिका अनुसार नेवार समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी–देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ। महोत्सवमा चटामरी, योमरी, गाजरको रक्सी, चुकन्दरको रक्सी र चिया, जुजु धौलगायत नेवारी खानाका परिकारहरू राखिएका थिए।

मयुर नाच, रोपाइँ जात्रा, सात कालिको नाच, कुमारी नाचलगायत स्थानीय सांस्कृतिक नृत्यहरूसमेत सो अवसरमा देखाइएको महोत्सव संयोजक विक्रम बाडेले बताए। मध्यपुरथिमिमा गत वर्ष पनि वः महोत्सव आयोजना गरिएको थियो।

मेलाका लागि नगरपालिकाले रु छ लाख सहयोग गरेको समितिले जनाएको छ। साथै व्यवसायीहरूले स्वस्फूर्त रूपमा रु दुई लाख सहयोग गरी कुल रु आठ लाख लागतमा महोत्सव आयोजना गरिएको बाडेले जानकारी दिए।

केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला वः÷लापी वः, खें वः ख्वल्चा वः, भु वः÷तःपा वः, सू वः÷बारा वः का नामले पनि चिनिन्छ। बार वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको पाइन्छ। कतिपय वः खानाका परिकारका रूपमा लिइँदैन।

लिच्छिवी र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुख दुःखमा वःको प्रयोग गरिन्थ्यो। मेलामा वःको ऐतिहासिक, सामाजिक र स्वास्थ्यका लागि के–कति महत्वबारे पनि जानकारी दिइएको थियो। वःका परिकारबारे मेलाका अवसरमा विज्ञहरूले कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो।

मेलाले मध्यपुरथिमिको पर्यटन तथा आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। नेवार समुदायको विशेष चाड सिथिनखःको अवसरमा आयोजना हुन लागेको मेलामा मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ पिसेर अण्डा, माछा, मासु तथा मरमसला मिलाई टावामा विभिन्न आकार बनाई पकाइने विशेष परिकारसमेत प्रस्तुत गरिएको छ।

मध्यपुरमा रहेका प्राकृतिक सौन्र्दयता, विभिन्न पर्यटकीय आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार र कैयौँ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देश विदेशमा पुर्याई पर्यटकलाई आकर्षित गर्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने समितिले जनाएको छ।

साथै सिथिनखःबाट मध्यपुरथिमिका जनताबाट सेवा प्रदान गरी मध्यपुरवासीले गर्ने सम्मान, सत्कार र संस्कारसमेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकलाई तथा आन्तरिक पर्यटकलाई देखाउन मेला आयोजना गरिएको समितिको भनाइ छ। वः खाने प्रचलन मल्लकालबाट सुरु भएको मान्यता छ। भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन छ। माय वः, मुं वः, मुसू वः, कःसू वः, भुति वः, मुस्या वः, चिचिन्दा वःलगायतका वःहरू तलेजु भगवान्लाई चढाउने गरिन्छ।

प्रकाशित: २०८१ जेठ २६ गते शनिवार ०९:३१
प्रतिक्रिया

थप समाचार

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना