काठमाडौँ- प्रभु बैंक लिमिटेडले जयपृथ्वी नगरपालिका-१० बझाङको चैनपुरमा ३०४औँ शाखा सञ्चालनमा ल्याएको छ। चैनपुरमा बैंकको शाखा शुक्रबारदेखि सञ्चालनमा आएको हो।
सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरिएको बैंकले जनाएको छ।
बैंकको यो अभियानले देश भरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको विज्ञप्तिमा उल्लेख छ।
बैंकको चैनपुर शाखा मार्फत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।
प्रभु बैंकका नेपालभर ३०४ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ।


