काठमाडौँ- हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ।
आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो।
उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत शोक शमशेर राणाले गरेक थिए।
यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट मेन रोड शाखा, नारायणगढमा सारेको छ।
अबका सम्पूर्ण बैंकिङ्क सेवा नयाँ शाखाकै नामबाट सञ्चालन हुने राणाले बताए।
सिभिल बैंकलाई प्राप्ती गरेपछि हिमालयनले बैंकका शाखा स्थानान्तरण गर्दै आएको छ।


