वर्लिन (जर्मनी)- जर्मनी भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बर्लिनको पर्खाल क्षेत्रको अवलोकन गरेका छन्।
तत्कालीन पूर्वी जर्मनी र पश्चिम जर्मनी विभाजन गर्ने पर्खाल राष्ट्रपति पौडेलले सोमबार अवलोकन गरेका हुन्।
बर्लिन भ्रमणमा राष्ट्रपति पौडेलकी पत्नी सवितासहितका सदस्य पनि थिए।
स्विटजरल्यान्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर पौडेल जर्मनी भ्रमणमा लागेका हुन्।
जर्मनीका राष्ट्रपति डा फ्र्यांक–वाल्टर स्टिनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका हुन्।
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षीबीच सोमबार नै भेटवार्ता हुने कार्यक्रम छ।



