२०८३ कार्तिक २४ गते सोमबार

बाग्मतीको शिरमा जेसुम यात्रा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३
gkfdgl
काठमाडौँ- कलाका विभिन्न माध्यममार्फत स्थानीय सम्पदा, संस्कृति र सम्पदा प्रवर्द्धन गर्ने ध्येयले वाग्मतीको उद्गमस्थल बागद्वारसम्म पदयात्रा गरेर यो वर्षको ‘ जेसुम यात्रा’ सम्पन्न भएको छ।
साहित्यकार, पत्रकार, चित्रकार र रङ्गकर्मीहरुले क्यानभासमा चित्र उतार्दै र साहित्य सिर्जना वाचन गर्दै बूढानीलकण्ठस्थित शिवपुरीको ऐतिहासिकस्थल बागद्वारमा पुगेर यात्रा समापन भएको अभियानका संस्थापक एवं बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख साहित्यकार अनिता लामाले बताइन्। ‘बागद्वार बाग्मती नदीको उद्गमस्थल हो। त्यही भएर यसपटक हामीले वाग्मती सभ्यताको उद्गमस्थललाई रोज्यौँ। वाग्मती सभ्यता, कला संस्कृति र प्राकृतिक सौन्दर्यको अवलोकन ग¥र्यौं। कलाकारहरुले क्यानभासमा चित्र उतार्नुभयो। साहित्यकारले सिर्जना वाचन गर्नुभयो’, उनले भने।
यसपटक बागद्वार जेसुम यात्रा उपप्रमुख एवं कवि लामासँगै नाराद बज्राचार्य, फूलकुमार बम्जन, स्नेह सायमी, बालकृष्ण बस्नेत, फूलमान वल, जयन्ता पोखरेललगायतले कविता सिर्जना गरी वाचन गरेका थिए। कलाकारहरु दीपेन्द्र बनेपाली, एनबी गुरुङ, विनोद गुप्ता, चन्द्र श्रेष्ठ, विपना महर्जन, नेमबहादुर तामाङ, मनरा प्रजापति, लुनिभा महर्जनलगायतका प्रत्यक्षरुपमा चित्र कोरेका थिए।
त्यस्तै सरोज अर्याल, केदार श्रेष्ठ, अनामिका गौतम, समापिका गौतमलगायतका रङ्गकर्मीले जीवन र प्रकृतिसँगको सम्बन्ध जोडिएको शीर्षकमा ‘ठेगाना’ नामक छोटो नाट्य प्रस्तुति गरेको उपप्रमुख लामाले बताइन्।
बूढानीलकण्ठ नगरपालिकाको व्यवस्थापकीय सहकार्यमा सम्पन्न भएको जेसुम यात्रामा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी, वाग्मती प्रदेशका पूर्वसांसद एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँका जिल्ला अध्यक्ष दीपक निरौला, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायतका अतिथिहरु पनि सहभागी रहेको उपप्रमुख लामाले बताइन्।
स्थानीय संस्कृति र सम्पदा प्रवद्र्धन गर्न, विश्वव्यापी प्रकोप बन्दै गइरहेको जलवायु परिवर्तनप्रतिको सचेतना जगाउनका लागि यो यात्रा निरन्तर सञ्चालन भइरहेको छ। काभ्रेको धुलिखेलबाट सुरु भएको जेसुम यात्रा नगरकोट, भक्तपुर, बौद्ध, तारकेश्वर, विष्णुद्वार, धनकुटालगायत विभिन्न थलोमा सम्पदास्थल पुगेर प्रत्यक्ष साहित्य रचना, चित्रकला सिर्जना र नाट्य प्रस्तुति गरिसकेको उपप्रमुख लामाले बताइन्।
प्रकाशित: २०८१ असार ३ गते सोमबार ०७:५१
प्रतिक्रिया

थप समाचार

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना