काठमाडौँ- सुरक्षण मुद्रणसम्बन्धी विधेयकलाई संशोधन गर्न गरिएको प्रस्ताव राष्ट्रिय सभाका कुनै पनि सांसदले छलफल नगरेपनि पारित भएको छ।
राष्ट्रियसभाको मंगलबारको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७लाई संशोधन गर्ने प्रस्ताव पारित भएको हो।
बैठकबाट प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे।
त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
उक्त प्रस्तावमा छलफलका लागि कुनै पनि सदस्यहरु भाग लिन नचाहेका हुन्।
त्यसपछि मन्त्री शर्माले प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस भन्ने पेस गरिन्।
राष्ट्रियसभा अध्यक्ष दाहालले प्रस्ताव सहमतिले पास भएको घोषणा गरे।


