हिमालयन बैंकले थप सार्वजनिक निष्काशन (एफपीओ) ल्याउने भएको छ।
बैंकले निष्कासन तथा बिक्री प्रबन्धकमा बैंकले सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।
यससम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरा तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको थप सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ।


