चितवन– पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजे पहिरो खसेको हो।
अहिले सडक पूर्ण रूपमा अवरुद्ध छ ।
सवारीसाधनहरू रोकिएका छन्।


