काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को विषयगत ग्रेडिङ सार्वजनिक गरेको छ।
३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो।
नियमिततर्फ कुल ४ लाख ६४ हजार ७१९ परीक्षार्थीले सीईई दिएका थिए।
सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतले मात्रै ११ कक्षामा भर्ना पाउने भएका छन्। दुई सय २१ जनाको परीक्षा रद्द भएको छ।
कार्यालयका अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका छन्। यी विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन्।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी छन्। २ देखि २.४० ल्याउनेमा २ हजार ९५० जना छन् भने २.४० देखि २.८० ल्याउनेमा ४१ हजार १७७ जना छन्।
७८ हजार ८७४ जना विद्यार्थीले २.८० देखि ३.२० ल्याउँदा ६८ हजार २५६ जनाले ३.२० देखि ३.६० ल्याएका छन्।
३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३१ हजार २०९ रहेको कार्यालयले जनाएको छ। एक सय ८६ जनाले मात्र ४ जीपीए ल्याएका छन् ।
कुन विषयमा कति परीक्षार्थीले कस्तो ग्रेड ल्याए? तालिकामा हेर्नुहोस्:



