काठमाडौँ– गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ। दुबई जान लागेको विमानबाट राईलाई फिर्ता गरिएको हो।
गायक राईले अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेका थिए। कर्मचारीसँग झगडा गरेपिछ फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी दिए।
साङ्गीतिक कार्यक्रमकाल गि उनी दुबई जान लागेका थिए। विमानभित्र होहल्ला गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई प्रहरीको जिम्मा लगाइएको थियो।
यसअघि पनि उनी मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ परेका थिए।


